जेठ १२, काठमाडौँ । रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको पछिल्लो आदेशलाई विवेकका दृष्टिबाट अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको बताएका छन ।
यस्तो
निष्कर्ष पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले निकालेको हो ।
झाले जारी
गरेको विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रिय स्वतन्त्र पार्टी सम्मानित सर्वोच्च
अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानुनी पालना
गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको मत राख्दछ।’
रास्वपाले यो
विषय विधिको शासनप्रति आस्था राख्ने नागरिकका लागि चिन्ताको विषय बनेको पनि बताएको
छ ।
- न्युज बहार संवाददाता