Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन भन्ने कुरा नेपाली जनताले पनि बुझेका छन् : गृहमन्त्री

  •   ३ वर्ष अघि | ६ चैत्र २०८०, मङ्लबार

चैत ६, काठमाडौँ । नेपाली कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्न माग गरेका थिए । उपप्रधानमन्त्री लामिछानेले संसद बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसले सामान्य उजुरीमा नै संसदीय छानबिन माग गरेर गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गरेका छन ।

यस  वियमा लामिछानेले भने ‘एउटा पूरक, ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको हो भने नेपाली कांग्रेस दुधले नुहाएको पार्टी हो कि होइन भन्ने कुरा नेपाली जनताले पनि बुझेका छन् । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु र फेरी पनि भन्छु हामीले कामले जवाफ दिने हो।’                        

  • न्युज बहार संवाददाता

थप