असार ३०,
काठमाडौँ । शुक्रबार चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको
‘नेपाली चलचित्रमा मिडियाको
प्रभाव’ विषयक
अन्तरक्रियामा नेपाली फिल्म क्षेत्रमा मिडियाको प्रभाव बलियो रहेको अभिनेत्री केकी
अधिकारीले बताएकी छिन ।
उनले मिडियाको
प्रभाव बलियो रहेकोले पनि नेपाली फिल्म क्षेत्रका अहिलेका अब्बल निर्देशकहरु
पत्रकारिता गर्दै नै आएको धारणा व्यक्त गरेकी छिन।
उनले
भनिन ‘फिल्मको
विकासमा मिडियाको प्रभाव बलियो छ, मिडियाले विश्वसनियताको कुरालाई पनि गुमाउन
हुँदैन, ‘पाठकमा मिडियाप्रति विश्वास भएन भने त्यसले प्रभाव पार्न
सक्दैन।’
उक्त अन्तरक्रियामा
केकीको अलवा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकास बोर्डका सदस्य के.एल
बुढाथोकी, निर्देशक
तथा कलाकार दीपाश्री निरौला, नायिका केकी अधिकारी, निर्देशक नवल नेपाल र पत्रकार तथा
निर्देशक फूलमान बलले समेत आफ्नो धारणा राखेका थिए ।
- न्युज बहार संवाददाता