वैशाख १५, काठमाडौँ । सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने नेपाली
कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।
आज सोमबार
काठमाडौँमा कांग्रेसको उद्योग तथा व्यापार विभागले गरेको कार्यक्रममा बोल्दै
थापाले यसो भनेका हुन । यस विषयमा थापाले भने, ‘सरकार भनेपछि बस्नका लागि मात्र
भएर हुँदैन, सरकारले
काम गर्नुपर्छ, परिणाम
दिनुपर्छ, रिजल्ट चाहिन्छ र हामी त रिजल्टमा काम गर्न चाहन्छौँ।’
महामन्त्री
थापाले अहिले एमालेसहित दलहरूसँग कांग्रेस पनि सरकारमा रहेको उल्लेख गर्दै यो
समीकरणलाई निरन्तरता दिइने पनि बताएका छन ।
- न्युज बहार संवाददाता