Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँ महानगरले गरेको सकारात्मक कामबाट संघीय सरकारलाई पनि उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

  •   ३ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

मंसिर २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको सकारात्मक कामबाट संघीय सरकारलाई पनि उत्प्रेरणा मिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

काठमाडौँ महानगरपालिकाले २९ औं महानगर दिवसका अवसरमा गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताएका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने ‘शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सांस्कृतिक सम्पदाहरू संरक्षण, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, लागू औषध, सूर्तिचुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जेजति पहल लिएको छ, यसले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ

महानगरको नेतृत्व र टिमलाई उनले सकारात्मक कार्यमा अविचलित भई अगाडि बढ्नका लागि अपिलसमेत गरेका छन ।

  • न्युज बहार संवाददाता

थप