Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

संस्कृत दरबार हाइस्कुल परिसरमा सिजनल तरकारी फलाउँदै पढ्दै बिधार्थीहरु।

  •   ४ वर्ष अघि | २६ बैशाख २०८०, मङ्लबार

बैशाख २६, काठमाडौँ। अहिले काठमाडौको रानिपोखरी अगाडि रहेको संस्कृत दरबार हाइस्कुल परिसरमा जानुभयो भने त्यसको परिसरमा भिन्डी, गोलेभेंडा, सिमी, खुर्सानी, साग,  जस्ता सिजनल तरकारीहरुमा फिल र चिचिला लागेको देख्न पाईन्छ। यी सँगै अरू विभिन्न तरकारीका बिरूवा पनि हुर्किरहेका देख्न सकिन्छ।

सुन्दा अचम्म लाग्न सक्छ तर यी तरकारी रोप्ने, गोडमेल गर्ने सबै काम यही विद्यालयमा पढ्ने विद्यार्थी आफैंले गरेका हुन्। 

दरबार हाइस्कुल संस्कृत विद्यालयका शिक्षक निश्चल अधिकारीले विद्यालय परिसरमा भएको खाली ठाउँमा तरकारी रोपी विद्यार्थीहरूले सीपमूलक तालिम अन्तरगत पर्ने कौसी खेती सिकिरहेको बताएका छन।

संस्कृत विद्यालयमा गत फागुनदेखि यो कार्यक्रम सुरू  भएको हो। शिक्षक निश्चल अधिकारीले  भने 'हाम्रोमा अहिले तरकारी फलिरहेको छ, केही तरकारी त हामी आफैंले पकाएर खायौं। केही त बेच्यौं पनि।'

  • न्युज बहार संवाददाता

थप