असोज १४, काठमाडौँ । मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेलाएको बैठक रास्वपाले बहिष्कार गरेको छ ।
बालुवाटारमा आज बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले सात दलको बैठक बोलाएका थिए । उक्त बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बहिष्कार गरेका छन् ।
सभापति लामिछानेले आम उपभोक्ताहरूलाई मार पर्ने गरी चाड पर्वहरूको मुखमा सरकारले मूल्यवृद्धि गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गर्ने जानकारी दिएका हुन ।