Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने ‘वर्तमान सत्ता केन्द्रित चलखेलमा राप्रपा सामेल छैन’

  •   ३ वर्ष अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, काठमाडौँ । आफ्नो पार्टी नयाँ गठबन्धनमा सामेल नहुने राप्रपा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन ।

आज फेरिनलागेको सत्ता समिकरणमा राप्रपा सामेल नहुने  पार्टीका अध्यक्ष लिङ्देनले  बताएका हुन । नेकपा एमालेसहितको नयाँ गठबन्धन बनाएपछि राप्रपाले के गर्छ भन्ने सर्वत्र चासो रहेको समयमा उनले आफ्नो पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका छन । 

तर यसअघि पुस १० मा बनेको एमालेसहितको गठबन्धनमा भने राप्रपा सामेल भएको थियो । लिङ्देनका अनुसार राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन। 

लिङ्देनले भने "वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो, राप्रपा अहिले यही बाटोमा छ।"

  • न्युज बहार संवाददाता

थप