भदौं २२,
काठमाडौँ । देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्ने राष्ट्रिय
स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् ।
उपसभापति
अर्यालले पार्टीको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार
आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै
नसक्ने बताएका हुन् ।
उपसभापति
अर्यालका अनुसार देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरू जन्मनुपर्नेछ
र देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्नेछ ।
- न्युज बहार संवाददाता