भदौ ३१, काठमाडौँ । गोर्खा मिडियामा आएको पैसा खर्च गर्न प्रबन्ध निर्देशक (एमडी) का
हैसियतमा चेक काटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि
लामिछानेले बताएका छन्।
लामिछाने
ग्यालेक्सी टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेका थिए ।
सोमबारको
प्रतिनिधि सभा बैठकमा सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले
तयार पारेको प्रतिवेदन समिति सभापति सूर्य थापाले पेस गरेका थिए।
सभामुख
देवराज घिमिरेले उक्त प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन समेत दिइसकेका छन्। उक्त
प्रतिवेदनमा सहकारीको बचत अपचलनमा लामिछाने दोषी देखिएको निष्कर्ष रहेको छ ।
प्रतिनिधि सभा बैठकपछि नयाँ बानेश्वरस्थित संघीय
संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले भने ‘अझै पनि भास्य
निर्माण गर्न त्यहाँबाट गएको पैसा त्यसले चलाएको त हो नि भनेर भनिएको छ, आएको पैसा त्यहाँ आन्तरिक प्रशासन चलाउन चेक नकाटेर एमडीले के
घाँस काट्ने कुरा त आउँदैन नि त। चेक नै काट्ने होला नि!’
प्रचलित कानूनविपरीत कुनै कमजोरी भएको भए
सजायको भागीदार हुनुपर्ने पनि उनले बताएका छन ।
- न्युज बहार संवाददाता