Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपाको अलपत्र राष्ट्रिय गौरवका आयोजनाहरूमा दबाब यात्रा आजदेखि

  •   ३ वर्ष अघि | २१ माघ २०८०, आइतवार

माघ २१, काठमाडौँ । आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै आजदेखि राष्ट्रव्यापी दबाब अभियान सुरु गर्दै छ । सभापति रवि लामिछानेले आज आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सिन्धुपाल्चोकको मेलम्ची बजारबाट सुरुवात गर्दै छन् । 

प्रमुख सचेतक सन्तोष परियारका अनुसार रास्वपाले रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको हो । २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ आयोजनामा २१ वटा दबाब यात्रा हुने छन । 

  • न्युज बहार संवाददाता

थप