Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनसेलको शेयर खरिद प्रकरणमा आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको प्रचण्डको दाबी

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

पुस ३, काठमाडौँ । एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । तर उनले आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको बताएका छन ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री रेखा शर्मालाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न बोलाएको थियो ।

सोही छलफलको सवाल जवाफमा प्रधानमन्त्री प्रचण्डले सतीशलालको नाम नलिई शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताएका छन उनले भने  “हाम्रो बीचमा कुरा पनि हुन्छ, तर त्यसको अर्थ ऐन, कानुन र हाम्रो सिष्टमका विरुद्ध कोही जान्छ भने जो सुकै होस् हामी लड्न तयार भएको हो, चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन’

प्रचण्डले अघिल्लो पटक एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने नेताहरुमध्ये आफू पनि एक भएको दाबी समेत गरेका । उनले यस विषयमा आफ्नो स्वकीय सचिव समेत रहेकी छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो भएको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप