Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ, ४ वर्षअघि नै एड्भान्समा घन्टी बजाएर सचेत गराएको छु : रवि लामिछाने

  •   ३ वर्ष अघि | १२ असोज २०८०, शुक्रबार

असोज १२, काठमाडौँ । रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दललाई मुलुकमा व्याप्त बेथितिको ठिक गर्ने अन्तिम अवसरको रूपमा बाँकी ४ वर्ष मिलेर काम गर्न सचेत गराएका छन् ।

आज शुक्रबार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै अन्तिम अवसरको सदुपयोग गरी विगत ३३ वर्षको गल्ती सच्चाउन पुराना दललाई सचेत गराएका हुन् । 

सबै पुराना दललाई सहमति गरेर सरकार चलाउन आग्रह गर्दै उनले आफूहरूले प्रतिपक्षी मोर्चा सम्हाल्ने बताएका छन्।

उनले लेखेका छन "४/४ वर्ष बाँकी छ, गर्नुस् काम र आफ्नो अपार क्षमता देखाइदिनुस् । तपाईंहरूलाई जनताले यसरी भोट दिऊन् कि हाम्रो जमानत जफत होस्। मुलुकमा ४ वटा सही निर्णयले मात्रै पनि धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।"

उनले अन्तिममा लेखेका छन "एउटा सटर त राजनीतिको बन्द हुनै पर्छ हजुर!! कि तपाईंको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घन्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।"

  • न्युज बहार संवाददाता

थप