Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ओलीले दिए जेनजी युवाहरुलाई भावनामा नबहकिने सल्लाह

  •   १२ महिना अघि | ११ असोज २०८२, शनिबार

असोज ११, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध निरन्तर आक्रोश देखाइरहेका जेनरेसन जेड (Gen Z) का युवाहरूप्रति संयमित बन्न आग्रह गरेका छन्।

शनिबार भक्तपुरको गुण्डुमा युवा संघले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै ओलीले जेनजीप्रति चिन्ता व्यक्त गर्दै भने, "जेनजी घरघरमै छन्, धेरैजसो युवा यस समूहमा पर्छन्, केही भाइबहिनीहरू जेनजीको नाममा संगठित भएका छन् भने केहीलाई भ्रममा पारिएको देखिन्छ।"

उनले चेतावनी दिँदै थपे, "तपाईंहरू अहिलेको पुस्ता हुनुहुन्छ, तपाईंहरूको अझै धेरै जीवन बाँकी छ। यदि यस्तै रूपमा तोडफोड, आगजनी गर्दै अघि बढ्ने हो भने—होटलहरू, ऐतिहासिक धरोहरहरू नष्ट गर्दै जानु भएमा—त्यसपछि खरानीमाथि बसेर के सुख पाउनुहुन्छ?"

ओलीले युवाहरूप्रति भावनामा नबहकिने सल्लाह दिँदै भने, "तपाईंहरू आवेगमा नआउनुहोस्। सोचविचार गरेर अघि बढ्नुहोस्।"

 

  • न्युज बहार संवाददाता

थप