जेठ २५, काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरेर आफ्नो हक खोज्नुपर्ने बताएका छन्।
आज बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा थापाले नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने बताएका छन।
उनले भने ‘भारतले आफ्नो साँस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ, यसमा भारतले कुनै चासो दिँदैन होला।’
- न्युज बहार संवाददाता