असार २५, काठमाडौँ । धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ढाडस दिएका छन् ।
धरानका मेयरले आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई ढाडस दिएका हुन् ।
हिजो शाहले आफ्नो फेसबुकमा तारिखवाता पर्चाको फोटो राख्दै लेखेको स्टायाट्सलाई लक्षित गर्दै धरानका मेयर हर्क साम्पाहाङले ट्वीटरमा ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं,’ भनि लेखेका छन।
यता बालेनले भने आफ्नो स्टायाट्समा यस्तो लेखेका थिए 'आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा, र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।'
- न्युज बहार संवाददाता