जेठ १२, काठमाडौँ । यही जेठ १३ गते शनिबार काठमाडौँ
महानगरपालिकाको प्रमुख बालेन(बालेन्द्र) साहले विशेष सरसफाइ कार्यक्रममा सहभागी
हुन सबै सरोकारवालालाई आग्रह गरेका छन्।
स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न र साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरेका हुन ।
यही १३ गते शनिबार बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गरेका छन ।
सरसफाइ गरिने स्थानको छनोट र आवश्यक
सामग्री वडाले उपलब्ध गराउने र सङ्कलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने
काम वातावरण विभागले गर्ने र फोहर व्यवस्थापनको काम निजी क्षेत्रको सहयोगमा गररिने
छ।
- न्युज बहार संवाददाता