Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गरिबको सधैको लागि बोल्दिने काठमाडौँ महानगर छ : मेयर बालेन शाह

  •   ३ वर्ष अघि | १० असोज २०८०, बुधबार

असोज १०, काठमाडौँ । फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग सम्बोधन गर्न नसक्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।

बालेनले सामाजिक सञ्जालमार्फत अभियन्ता ईःलाई लक्षित गर्दै पत्रसहित ९ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ईःसँग भएको वार्ता असफल भएको भोलिपल्ट यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले तपाईंको माग पूरा गर्ने अधिकार हामीसँग नभएको भन्दै अभियन्ता ईःलाई सामाजिक सञ्जाल मार्फत पत्र लेखेका छन ।

मेयर शाहले बाटो, फुटपाथ तथा राइट अफ वे मा व्यापार गर्नु गैरकानुनी भएको भन्दै यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग होइन भनेर लेखेका छन।

उनले बेलुकी र विहान २/२ घण्टा समय छुट्याउने विकल्पमा पनि सहमत हुन नसक्ने बताएका छन् । बेलुकी र विहानको समयमा पनि आपतकालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरुले अवरोध गर्ने बताएका छन ।

कानुनले नै फुटपाथबाहेक अन्य सार्वजनिक स्थान दिन नमिल्ने बताउँदै शाहले खाली ठाउँजस्तो देखिने सार्वजनिक जग्गा व्यापार गर्न मेयरले मात्र नभएर, प्रधानमन्त्री तथा मन्त्रिपरिषदले पनि अहिलेका ऐन कानुन टेकेर दिन नमिल्ने लेखेका छन ।

उनले सरकारसँग मिलेर फुटपाथ व्यापारीहरुलाई भृकुटीमण्डपमा व्यवस्थापन गर्न कोसिस गरेको तर अझसम्म फुटपाथ खाली नभएको बताएका छन् । महानगरसँग सरकारको सरकारी जग्गा दिने वा नदिने अधिकार नभएको भन्दै उनले लेखेका छन्, ‘तपाईंको माग पूरा गर्ने अधिकार हामीसँग छैन भन्ने बुझ्नु भयो नै होला ।

यर बालेनले सामाजिक सञ्जालको पत्र मार्फत अभियन्ता ईःलाई आफूले चुनावी एजेन्डा नबिर्सिएको र गरिबको सधैको लागि बोल्दिने काठमाडौ महानगर रहेको छ भन्ने जवाफ समेत दिएका छन् ।

  • न्युज बहार संवाददाता

थप