भदौ २, काठमाडौँ । आईटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले भर्चुअल रूपमा राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै इन्फरमेसन टेक्नोलोजी मानिसको दैनिक जीवन र दिनचर्याका लागि अपरिहार्य र आवश्यक भइसकेको बताएका हुन् ।
उनका अनुसार देश अब आईटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको छ । प्रधानमन्त्रीले आईटीको प्रयोग देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई सभ्य, उन्नत बनाउन, देशमा सुशासन अझ सुदृढ गर्न, आईटीको प्रयोग सुशासनको सहयोगी, समाजको सहयोगीका रूपमा, भ्रष्टाचार नियन्त्रणका लागि सहयोगीका रूपमा, जनतालाई सेवा सुविधा पुर्याउने कुरामा सहयोगीका रूपमा आईटीको प्रयोग गर्न जरुरी रहेको बताए।
- न्युज बहार संवाददाता