Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने

  •   २ वर्ष अघि | ७ असार २०८१, शुक्रबार

असार ७, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पार्टीका सांसदले सदनको र मन्त्रीहरूले देशको ध्यान तानिरहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा रास्वपा हल्ला नै नगरी सिंहदरबारभित्र पसिसकेको बताएका हुन्।

उनले भने ‘देश तथा विदेशका टोल–टोलका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवाजलाई घण्टीमा रूपान्तरण गरेर दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ र २१ सांसदले एक वर्षमा सिंगो सदनको ध्यान तानेका छौँ।’

‘अब चार मन्त्रीले सिंगो देशको ध्यान तान्दैछौँ’, उनले भने ‘रास्वपा आफ्नो उद्देश्यमा अडिग रहेको छ।’

लामिछानेले रास्वपाको घण्टी सिंहदरबार पसेको र देशको मतपत्रमा सदाका लागि  बसेको समेत बताएका  छन्।

  • न्युज बहार संवाददाता

थप