Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मेरो खातामा कति पैसा छ सोधेको भए म आँफै बताइदिने थिए, मिडियाले धर्म छाडेको छ : निकिता पौडेल

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

पुस २, काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेकी पत्नी तथा चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलले आफ्नो विषयमा समाचार लेख्ने प्रति दया लागेर आएको बताएकी छन् ।

उनले आफ्नो श्रीमान् हिरासतमा रहेको बेला आफूमाथि केही मिडियाले देखाएको पुरुषार्थअगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्य लागेको बताएकी छन ।  

उनले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाट्स लेख्दै मिडियाले धर्म छाडेको समेत आरोप लगाएकी छन् । उनले लेखेकी छन मिडियाले धर्म नछोडेको भए बैङ्किङ कारोबारको अङ्क सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङविवरण प्रहरीलाई बुझिसकेकी छु, यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ।

आफ्नो खातामा कति पैसा छ भनेर सोधेको भए बरु आफैले बताउने समेत उनले बताएकी छन् । 

  • न्युज बहार संवाददाता

थप