Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

म अन्तरिम मन्त्रीमण्डलमा सहभागी हुन्न : सुमना श्रेष्ठ

  •   १ वर्ष अघि | २८ भदौ २०८२, शनिबार

भदौ २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठले आफू अन्तरिम मन्त्रीमण्डलमा सहभागी नहुने स्पष्ट रुपमा जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले मन्त्री नबनिए पनि सरकारलाई पूर्ण समर्थन रहने बताएकी छन्।

श्रेष्ठले आफ्नो पोस्टमा उल्लेख गरेकी छन्, "म अन्तरिम मन्त्रीमण्डलमा सहभागी हुने छैन। तर, मेरो यस सरकारप्रति पूर्ण समर्थन रहनेछ।"

उनले सरकारलाई असफल हुन दिने कुनै विकल्प नरहेको उल्लेख गर्दै, आफू पृष्ठभूमिमा बसेर आफ्नो अनुभव, सञ्जाल र समय दिएर सरकारलाई सफल बनाउन योगदान दिने प्रतिवद्धता व्यक्त गरेकी छन्।

  • न्युज बहार संवाददाता

थप