Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

खुला रूपमा आक्रमण गर्नेहरूका लागि सजिलो बनाइदिएको छु, मैले पार्टी छाडिसके : सुमना श्रेष्ठ

  •   १ वर्ष अघि | २९ भदौ २०८२, आइतवार

भदौ २९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।

श्रेष्ठले पार्टी छाडेको जानकारी दिँदै सामाजिक सञ्जालमार्फत् भनिन्, ‘अब खुला रूपमा आक्रमण गर्न चाहनेहरूका लागि सजिलो बनाइदिएको छु। अब मनलाग्दी गर्न सक्नुहुन्छ, मैले पार्टी छाडिसके।’

उनका अनुसार रास्वपाको नेतृत्वले पटक–पटक गल्ती गर्दै आएको छ तर कहिल्यै गल्ती स्वीकार नगरेको गुनासो छ। यो प्रवृत्ति आफूलाई अस्वीकार्य भएको बताउँदै उनले पार्टी परित्याग गरेको जनाइन्।

‘गल्तीहरू गर्दै जानु, तर त्यसको जिम्मेवारी सबैले बोक्नुपर्ने?’ भन्ने प्रश्न उठाउँदै उनले पार्टीभित्र आलोचना गर्नेहरूमाथि मिडिया ट्रायलको माध्यमबाट दुःख दिने काम भइरहेको बताइन्।

श्रेष्ठले रास्वपाले देशभन्दा माथि पार्टी, र पार्टीभन्दा माथि नेता राख्न थालेको बेला देखिनै आफूले आलोचना गर्दै आएको उल्लेख गरिन्।

  • न्युज बहार संवाददाता

थप