साउन १९, काठमाडौँ । आँफू देश निर्माणको भावी योजनाका साथ घर फर्किने तयारीमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताएका छन् । प्रसाईंले आज सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो जनाएका हुन् ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले आज सोमबार प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको थियो ।
उनले स्ट्याटस मार्फत नै न्याय मरेको छैन भन्ने आभाष दिलाउने न्यायाशीधहरुप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । अदालतको आदेश बमोजिम प्रसाईं धरौटी रकम तिरेर रिहा हुने प्रक्रियामा रहेका छन् ।
- न्युज बहार संवाददाता