चैत १०, काठमाडौँ
। जिबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता उपप्रधान तथा
गृहमन्त्री रवि लामिछानेले जनाएका छन् ।
राष्ट्रिय
स्वतन्त्र पार्टीले आज शनिबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री
लामिछानेले आकाश, पाताल
जहाँ भएपनि जिबी राईलाई समातेर ल्याउने प्रतिबद्धता जनाएका हुन । उनले जो जहाँ, देश वा विदेशमा लुके पनि समातेर
ल्याउने लामिछानेले बताएका हुन ।
उनले आफ्नो नाम जिबी राईले गरेका हरेक कामसँग जोडिएकोमा आपत्ति समेत जनाएका छन । आफूले ग्यालेक्सी टिभीमा काम गरुन्जेल जिबीराई सँग सम्बन्ध रहेको तर पछी ग्यालेक्सी टिभी छोडेपछि सम्बन्ध सकिएको उनले बताएका हुन । सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याज सहित फिर्ता नगराएसम्म आफूले राजनीतिबाट विश्राम नलिने दाबी उनले आजको कार्यक्रममा गरेका छन ।
- न्युज बहार संवाददाता