साउन १०, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजीनामा माग्ने भएको जनाएको छ ।
एमालेका प्रमुख सचेतक पदम गिरीले यती धेरै मात्रामा अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको देखिएको छ।
‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसदमा हामी जोडदार रुपमा उठाउँछौं’ गिरीले भने।
एमालेले आज अहिले १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको हो ।
- न्युज बहार संवाददाता