माघ २, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र
पार्टीले गाडी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
भौतिक
पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् रास्वपाका सचेतक निशा डाँगी, सहमहामन्त्री
सुमना श्रेष्ठ र पूर्वधार
विभागका सचिव कृष्ण भेटवालले दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन् ।
मन्त्री
प्रकाश ज्वालालाई आज गाडी दुर्घटनाबारेमा ज्ञापन पत्र बुझाउँदै पार्टीकी
सहमहामन्त्री श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न
थालिसकेको हो ? भन्दै
मन्त्री ज्वालासँग प्रश्न समेत गरेकी छन ।
- न्युज बहार संवाददाता