जेठ २९, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सहकारी घोटाला प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जिबी) राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन्।
आज मंगलबार
बसेको प्रतिनिधि सभा बैठकमा सभामुखबाट समय लिएर बोलेका शाहीले भने, ‘कहिले पक्राउ गर्नुहुन्छ गृहमन्त्रीले जिबी राईलाई? आकासमा भए पनि, पातालमा भए पनि खोजेर ल्याउँछु बन्नु
भएकोले हामी हेरेर बसेका छौँ।’
राप्रपाका
प्रमुख सचेतक समेत रहेका शाहीले सरकार भन्दा जिबी राई ठूलो भएकाले पक्राउ गर्न
नसकेको हो भनेर प्रश्न समेत गरेका छन्।
- न्युज बहार संवाददाता