Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मन्त्री रघुवीर महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न : तपाई नेपालको मन्त्री हो की धनुषाको मन्त्री?

  •   २ वर्ष अघि | ४ असार २०८१, मङ्लबार

असार ४, काठमाडौँ । भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठलाई राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले तपाई नेपालको मन्त्री कि धनुषाको मात्र मन्त्री भनेर प्रश्न गरेका छन् । 

सांसद शाहीले आज मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै भने, ‘सभामुखमार्फत भौतिक मन्त्रीलाई भन्न चाहन्छु तपाई नेपालको मन्त्री हो की धनुषाको मन्त्री ?, यदि संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईँहरूले आफ्नो भाषा निर्माण गर्नुस् ।’

संसद शाहीले जुम्लाको सिञ्जाबाट आएको भाषाको अपमान गरिएको भन्दै भौतिक तथा पूर्वाधार मन्त्रालयले धनुषाको ३ र ४ नम्बर निर्वाचन क्षेत्रमा ८ अर्ब ४ करोड ७७ लाख बजेट विनियोजन गरेको, त्यस्तै झापामा ६ अर्ब ७० करोड गरी १५ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ विनियोजन गरेको तर सिङ्गो कर्णालीका १० वटा जिल्लालाई ७ अर्ब ३६ करोड ४८ लाख १४ हजारमात्र  विनियोजन गरेकोमा आपत्ति जनाएका हुन । 

  • न्युज बहार संवाददाता

थप