मंसिर २३, काठमाडौँ । आफू प्रधानमन्त्री भए लगत्तै सामाजिक न्याय र सुशासनलाई लक्ष्य बनाएर काम गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।
उनले आज भ्रष्टाचारविरुद्धको
अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचार
विरोधी अभियान सञ्चालन गर्दै गर्दा विभिन्न खालका जटिलता भोग्नुपरेको बताएका छन।
प्रधानमन्त्री
प्रचण्डले भ्रष्टाचार नियन्त्रण उपदेश दिएजस्तो सजिलो नभएको भन्दै यसका लागि
दीर्घकालीन रणनीतिक सोचको विकास गर्न आवश्यक रहेको समेत बताएका छन ।
प्रचण्डका
अनुसार सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानकै कारण पछिल्लो समय आम जनतामा
आशाको किरण प्रवाह भएको हो ।
- न्युज बहार संवाददाता