पुस १७, काठमाडौँ । डा. भीम रावलले आफू पार्टी खोल्नबाट नडराएको दाबी गरेका छन् ।
नेकपा
एमालेबाट कारबाहीमा परेका रावलले आज बुधबार काठमाडौँमा आयोजित पत्रकार
सम्मेलनमार्फत् यस्तो बताएका हुन् ।
यस विषयमा सञ्चारकर्मीले
नेता रावललाई गरेको आज यहाँ पार्टी घोषणा हुन्छ होला भन्ने सुनिएको थियो, किन डराउनुभएको ? भन्ने प्रश्नको जवाफमा उनले आफु पार्टी
खोल्नबाट नडराएको बताएका हुन । उनले भने, ‘डराएको होइन, अहिलेको मातृभूमि
जागरण अभियान, भविष्यको
सशक्त देशभक्तिपूर्ण संगठनको आधार हुनेछ ।’
- न्युज बहार संवाददाता