Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रवि लामिछानेले भने 'सहकारीमा देखिएको निराशा सरकारको प्राथमिकतामा पर्नुपर्छ'

  •   २ वर्ष अघि | २२ माघ २०८०, सोमवार

माघ २२, काठमाडौँ । पछिल्लो समय वित्तीय संस्थाहरू बैङ्क र सहकारीमा देखिएको निराशा सरकारको प्राथमिकतामा पर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

सभापति लामिछानेले आज सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकार चलाउने, सरकारले सत्ता टिकाउने र सरकार जोगाउने किसिमका कामका लागि मात्रै संसद् नभएर जनतासँग उत्तरदायी भएर काम गर्नुपर्ने बताएका हुन् । 

लामिछानेले सरकारले सत्ता टिकाउने गरी आवश्यक नभएको विधेयक संसद्मा पेस गर्ने तयारी सुनिएको भन्दै जनताप्रति उत्तरदायी सदन बनाउनुपर्ने समेत बताएका छन । 

  • न्युज बहार संवाददाता

थप