Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आफूविरुद्ध लागेको मानव बेचबिखनको आरोप राजनीतिक षड्यन्त्र भन्दै उपसभामुखद्वारा पूर्णरूपमा अस्वीकार

  •   ११ महिना अघि | १७ भदौ २०८२, मङ्लबार

भदौ १७, काठमाडौँ प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूविरुद्ध लागेको मानव बेचबिखनको आरोपलाई राजनीतिक षड्यन्त्र भन्दै पूर्णरूपमा अस्वीकार गरेकी छिन्।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा, रानाले भनिन् कि संवैधानिक परिषद्‍मा नेपाली कांग्रेसको प्रतिनिधित्व नभएको र आफू विपक्षी भूमिकामा रहेकै कारण आफूलाई लक्षित गर्दै आरोप लगाइएको हो।

उनले यस्तो आरोपले आफ्नो मनोबल नघटाउने र आफू आफ्नो मार्गमा अडिग भएर अघि बढिरहने बताइन्।

रानाले भनिन्, “संवैधानिक परिषद्‍मा कांग्रेसको उपस्थिति नरहेकाले र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सुनिश्चित गर्न मलाई हटाउने प्रयासस्वरूप यी आरोपहरू लगाइएको हो।

नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको मानव बेचबिखनको आरोपलाई पनि उनले निराधार भन्दै खारेज गरेकी छन्।

  • न्युज बहार संवाददाता

थप