मंसिर
१२, काठमाडौँ । दुर्गा प्रसाईंका समर्थकहरूले प्रदर्शन गरेका छन् । उनीहरुले आज
बुधबार काठमाडौँको माइतिघरमा प्रसाईंको जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन्
।
माइतिघरमा
भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले ‘कम्बोडियाको कालो धन छानबिन गर, दुर्गा प्रसाईंको जीवन रक्षा गर, भन्ने लगायतका नारा लेखिएको
ब्यानर र प्लेकार्ड बोकेका थिए ।
प्रसाईंको
मुद्दा बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेको छ । सोही कारण उनका समर्थकहरु
माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।
- न्युज बहार संवाददाता