असार २३, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले रास्वपाले प्रधानमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेका छन्।
महामन्त्री ढकालले नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पारेका हुन।
आफ्नो पार्टीले प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्ने माग राखेको तर राजिनामा माग नगरेको बताएका छन ।
- न्युज बहार संवाददाता