असार २८, काठमाडौँ। हिजो बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले उक्त चलचित्रमार्फत एकल आमाको कथा, सङ्घर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई विशेष तरिकाले देखाइएको र समाज परिवर्तनमा पुरुषको पनि भूमिका विशेष हुने बताएकी छन् ।
उपसभामुख रानाले भनिन् “एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्याउने राम्रो प्रयाश गरिएको र समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई चलचित्रमार्फत उजार गरिएको छ।”
यसका साथै उनले समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्ने विचार राखेकी छिन।
- न्युज बहार संवाददाता