Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्छ : गगन थापा

  •   २ वर्ष अघि | २८ चैत्र २०८०, बुधबार

चैत २८, काठमाडौँ । दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका छन् ।

महामन्त्री थापाका अनुसार भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले ठीक ठाउँमा लाने अपेक्षाका साथ कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्नेछ ।

काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले भने ‘कांग्रेसका सभापति, एमाले अध्यक्ष, माओवादीका अध्यक्ष, अहिलेका प्रधानमन्त्रीको, भूतपूर्व प्रधानमन्त्रीको, हामी जस्तो मन्त्री भएकाहरूको सबैको सम्पत्ति छानबिन गरौं।’

  • न्युज बहार संवाददाता

थप