कार्तिक
२२, काठमाडौँ । कात्तिक २३ गतेदेखि काठमाडौँ महानगरपालिकाको सडकमा भेटिएका गाई
बाच्छा दक्षिणकाली लगेर सुरक्षित रूपमा राखिने काठमाडौँ महानगरपालिकाका मेयर बालेन
शाह ले बताएका छन् ।
मेयर शाहले
आज सामाजिक सञ्जालमार्फत बेवारिसे गाई बाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका
वडा नं ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
- न्युज बहार संवाददाता