Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्नुपर्छ : रवि लामिछाने

  •   ३ वर्ष अघि | ११ कार्तिक २०८०, शनिबार

कार्तिक ११, काठमाडौँ । २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

उनले ललितपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले सदनमा नयाँ दलका रुपमा २१ जना सांसदहरु आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताउँदै संविधान दिवसका दिनमा दिनदहाडै हत्या गर्नेहरुलाई मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको समेत बताएका छन ।

आउने चुनावमा कुनैपनि दललाई एकसिट पनि जित्न नदिने उनले बताएका हुन ।

यसै विषयमा उनले भने ‘कहिले कहीँ केहीले तपाईहरुको आवाज त्यति सुनिएन भनेर भन्ने गर्नुहुन्छ, चर्को बोल्नुपर्छ भन्नुहुन्छ, के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला ।’ 

  • न्युज बहार संवाददाता

थप