Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सन्दीपले भिसा नपाएको बारे ज्ञानेन्द्र शाही भन्छन ‘सिंहलाई खोरमा राखेर नेपालको बेइज्जत गर्न खोजिएको हो?’

  •   २ वर्ष अघि | २० जेष्ठ २०८१, आइतवार

जेठ २०, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनु सिंगो नेपालमाथिको अपमान भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर(ज्ञानेन्द्र) शाहीले बताएका छन् ।

सांसद शाहीले आज आइतबार प्रतिनिधि सभाको विशेष समयामा बोल्दै जुन देशले विश्वकप क्रिकेटको आयोजना गरेको छ उही देशले भिसा नदिएको विषयमा परराष्ट्र नीति के हो भन्दै प्रश्न समेत गरेका छन् । 

उच्च अदालतले निर्दोष भएको फैसला गरेको, क्यान र आइसीसीले स्वीकृत गरेपनि खेलाडीलाई भिसा नदिँदा प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिँड्न लाज लाग्दैन भन्दै उनले नेताहरुसँग प्रश्न पनि गरेका छन ।

उनले विश्वकपमा खेल्न जाँन आफ्नो खेलाडीलाई भिसा नदिँदा चुप लागेर बस्ने परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालय नचाहिँने समेत बताएका छन ।

उनले भने ‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन। सिंहलाई खोरमा राखेर नेपालको बेइज्जत गर्न खोजिएको हो, सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथिको अपमान हो।’ नेपाललाई संसारमा कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन।’ 

  • न्युज बहार संवाददाता

थप