Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘दृष्टिका देवता’ डाक्टर रुइत

‘दृष्टिका देवता’ डाक्टर रुइत

  •   ४ वर्ष अघि | ६ माघ २०७९, शुक्रबार

नेपाल र नेपालिका लागी डाक्टर सन्दुक रुइत चिर परिचित नाम भैइसकेको छ । उनलाई दृष्टिका देवताको उपनामले परिचित गराउनु सबै भन्दा उचित मानिन्छ ।  तपाई कहाँ जन्मिनु भयो, कस्तो परिवेशमा हुर्कनु भयो, भन्ने कुराले खासै अर्थ राख्दैन, यदि तपाईंको मनमा केही गर्छु भन्ने आट साहस र दृर्ण अठोट छ भने तपाईको विगतले र परिवेशले केही फरक पार्दैन । ताप्लेजुङको ओलाङ्चुङगोला भन्ने गाउँको सामान्य घर परिवेशमा जन्मेर, हुर्केर नेपाल लगायत विश्वभरका लाखौँ मानिसलाई सेवा दिई दृष्टिका देवता  का रूपमा ख्याति कमाएका डाक्टर सन्दुक रुइत नेपाल आमाका एक सच्चा सपुत हुन्। एसियाको नोबेल पुरस्कार मानिने 'रामन म्यागेसेसे' एवार्ड तथा भारत सरकारबाट 'पद्म श्री' तथा अहिले भर्खरै बहराइन सरकारले दिने ”इसा” जस्ता विभूषण बाट विभूषित उनले निको पार्न सकिने अन्धोपनको विरुद्ध युद्ध नै छेडेका छन् भन्दा फरक पर्दैन। डा सन्दुक रुइत निर्देशक रहेको संस्था तिलगंगा आँखा अस्पतालको माध्यमबाट उनी र उनका सहकर्मीहरु वार्षिक पन्द्र लाख कन्ट्राक्ट सर्जरी लेन्स तयार गरेर विश्वभर पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छन्, साथै वार्षिक हजारौं मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गरी आँखाको ज्योति फर्काउने महत्वकाङ्क्षी लक्ष्य पनि काँधमा बोकेर हिँडेका छन ।

बाहिरी देशमा करिब दुई सय डलर पर्ने कन्ट्राक्ट सर्जरी लेन्स नेपालमै उत्पादन गरी २ डलर जतिमा उपलब्ध गराउने उनको महत्वकाङ्क्षी योजनाले विपन्न वर्गका आँखाका बिरामीहरुलाई त राहत पुर्याउँछ नै, साथै विश्व जगतमा नेपालीहरु हाई टेच लेन्स निर्माण गर्न सक्षम छन् भन्ने प्रमाणित पनि गर्नेछ ।

थप