फागुन २९, काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर
रहेको छ भने चाँदीको मुल्य बढेको छ।
सोमबार र
मंगलबार दुबै दिन सुनको मूल्य स्थिर रहेको हो ।
स्थिर
रहेको छापावाल सुन आज प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
मंगलबार
चाँदीको मूल्य भने बृद्धी भएको छ ।
चाँदीको मुल्य आज प्रतितोला १० रुपैयाँले बढेको हो ।
चाँदी मंगलबार प्रतितोला १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको महासंघले
जनाएको छ ।
- न्युज बहार संवाददाता