बैशाख ३, काठमाडौँ। नयाँ सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पछील्लो कारोबार दिन अर्थात बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो।
आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आज नेपाली बजारमा चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता