Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

के हुदैँ छ रास्वपा भित्र ? पार्टीभित्र असन्तुष्टि चुलिएको संङ्केत

पार्टीभित्र असन्तुष्टि चुलिएको संङ्केत

  •   ४ वर्ष अघि | १८ माघ २०७९, बुधबार

माघ १८, काठमाडौँ । रास्वपा- राष्ट्रिय स्वतन्त्र पार्टीमा पुन सभापति बनेका रवि लामिछानेका गतिविधिले उनकै पार्टीभित्र असन्तुष्टि बढदै गएको छ। नागरिकता प्रकरणमा सांसद र मन्त्री तथा उपप्रधान मन्त्री पद गुमाएका रवि लामिछानेले नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनकै पार्टीभित्रैबाट आउन थालेको छ ।

रास्वपा भित्र भएको आन्तरिक असन्तुष्टि, खिचातानी, अनि एमाले लगायत पुरानै दलहरुसँगको यसको सामीप्यता समेतलाई कारण देखाउँदै चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले आजै पार्टी छाडेको घोषणा गरेका छन । उनको बहिर्गमनबारे रास्वपाले यसबारे आधिकारिक रुपमा मुख खोलेको छैन। चितवनमा उनी धर्मेन्द्र सापकोटा रास्वपाका प्रत्यासी मानिन्थे ।

नागरिकता प्रकरणमा गत शुक्रबार मात्र उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति सबै पद गुमाएका  रवि लामिछानेले आइतबार पुन नागरिकता लिएका थिए । नागरिकता लिए पछि सोही दिन लामिछाने पार्टीको सभापति बनेका थिए।

त्यसपछि उनले आफ्नो गुमेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खोजदै पदका लागि उनले प्रधानमन्त्री प्रचण्ड लाई दबाब दिएका कुराहरु बाहिरिएका छन भने एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ समेत छलफल गरिरहेका छन । प्रधानमन्त्री भने रविलाई मन्त्री नबनाउने मुडमा देखिएका छेैनन। उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदा सम्म गृहमन्त्रालय आफु सगै राख्ने बताइरहेका छन । 

थप