माघ ९,काठमाडौँ
। आज मङ्गलबारदेखि काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्र सडकमा
सवारी पार्किङमा रोक लगाउने भएको छ । काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा
उपलब्ध गराउने भन्दै महानगरले न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।
विकल्पमा
काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन
पार्किङ गर्न सकिने जानकारी महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक
राजुनाथ पाण्डेले दिएका छन । उनका अनुसार महानगर प्रहरी
प्रमुख पाण्डेले आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना
बनाइएको हो ।
पाण्डेले यसबारे थप जानकारी दिँदै धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, महाबौद्ध, खिचापोखरी, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताएका छन ।
- न्युज बहार संवाददाता