फागुन १६, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघि सार्दै व्यापारी दुर्गा प्रसाईँले ११ बुँदे मागसहितको आन्दोलन घोषणा गरेका छन् ।
प्रसाईँले आजको पत्रकार सम्मेलनमा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको नाममा आँफुले आन्दोलनको घोषणा गरेका बताएका छन। पत्रकार सम्मेलनमा नागरिक बचाउ महाअभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागु गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय करण गर्नुपर्ने ११ बुँदे माग गरेको छ।
यस्तै व्यापारी दुर्गा प्रसाईँले ४ देखि ५ प्रतिशत ब्याजदरमा २० लाख भन्दा माथिको ऋण दिनुपर्ने, १५ वर्षसम्ममा किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, सरकारको मातहतमा रहेका संघ संस्थाहरुको पुँजी बैंकमा राख्दा शून्य प्रतिशत ब्याजमा राख्न पाउन पर्ने, निजामती कर्मचारीको तलब सेवा, सुविधा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्न र २ वर्षभित्र सर्वोच्चमा १०० जना न्यायाधीश थप गरेर सबै मुद्दाको छिनोफानो गर्नुपर्ने जस्ता माग पनि ११ बुँदे माग पत्रमा गरिएको छ।
- न्युज बहार संवाददाता