असार ३१, काठमाडौँ। आइतबार साताको पहिलो कारोबार दिन नेपाली स्थानिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
यस दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता