साउन
१८, काठमाडौँ। आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।
आज
सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।
बिहीबार सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बिहिबार नेपाली बजारमा चाँदी पनि घटेको छ आज चाँदी ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
- न्युज बहार संवाददाता