बैशाख २० , काठमाडौँ। बुधबार नेपाली बजारमा सुन
र चाँदी
दुबैको मुल्य बढेको छ।
सुनको
मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता