जेठ ३१, काठमाडौँ। आज बुधबार नेपाली बजारमा सुन–चाँदी दुबैको मुल्य घटेको छ।
सुनको मूल्य आज बुधबार प्रतितोला नौ सय रुपैयाँले घटेको हो।
छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
- न्युज बहार संवाददाता